भारतीय संसद्‍मा हंगामा : ७८ सांसद् निलम्बित

हिमाल प्रेस २ पुष २०८० २०:४३ | Monday, December 18, 2023
भारतीय संसद्‍मा हंगामा : ७८ सांसद् निलम्बित

भारत (रासस/सिन्ह्वा)- विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक-पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ।

भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ। गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो।

त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी संघीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्र सुरक्षा उल्लंघनको विषय उठाउँदै पटक-पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन्। सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए। निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो।

प्रकाशित: २ पुष २०८० २०:४३ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast