झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सफल : ईश्वर पोखरेल

हिमाल प्रेस २ पुष २०८० २०:२७ | Monday, December 18, 2023
झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सफल : ईश्वर पोखरेल

झापा- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन्। प्रेस चौतारी झापाद्वारा आज (सोमबार) विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताएका हुन्।

‘यो यात्रा कसैका विरुद्ध थिएन,’ उनले भने, ‘आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन्। तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ।’

संकल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र उनीहरूको सुझाव लिने एमालेको लक्ष्य पूरा भएको जनाउँदै उनले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गरे।

प्रकाशित: २ पुष २०८० २०:२७ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast