नेप्से परिसूचक २०२२ बिन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

हिमाल प्रेस १ पुष २०८० १५:१६ | Sunday, December 17, 2023
नेप्से परिसूचक २०२२ बिन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से)मा २७.७५ अंकको वृद्धि देखिएको छ। १९८६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बीच उकालो लाग्दै २०२२ बिन्दुमा पुगेको हो।

आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ। चार कम्पनीको स्थिर रहँदा ५२ कम्पनीको मूल्य घटेको छ।

आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। कुल १ करोड ७१ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षा गरेर सेयर बजार अनुकूल नीति लिएको प्रभाव बजारमा देखिन थालेको छ। मौद्रिक नीतिको समीक्षा पछिको ६ कारोबार दिनमा नेप्से परिसूचकमा १७० अंकको वृद्धि भएको छ। मौद्रिक नीतिको समीक्षामा ब्याजदर घटाउने र ५० लाखमाथिको सेयर कर्जाको जोखिमभार घटाउने नीति समेटिएको छ।

प्रकाशित: १ पुष २०८० १५:१६ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast