विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी सन्देश पनि दिन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ३० मंसिर २०८० १४:२४ | Saturday, December 16, 2023
विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी सन्देश पनि दिन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए।

‘विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ। मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ’, प्रधानमन्त्री दाहालले भने,‘शान्तिको सन्देश पनि नेपालले नै दियो। मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ। यहीबाट नेपाललाई चिनाउन सकिन्छ।’

मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उनले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।

प्रधानमन्त्री दाहालले सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण, सडक मानवलाई उद्धार गर्न सवारी सधानको व्यवस्था तथा १० हजार असहायलाई आर्थिक सहयोग गर्न सरकार तयार रहेको बताए।

प्रकाशित: ३० मंसिर २०८० १४:२४ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast