अख्तियारले तारेखमा छोडेसँगै ७ महिनापछि थुनामुक्त भए बालकृष्ण खाण

हिमाल प्रेस २९ मंसिर २०८० १७:५८ | Friday, December 15, 2023
अख्तियारले तारेखमा छोडेसँगै ७ महिनापछि थुनामुक्त भए बालकृष्ण खाण जिल्ला अदालतबाट बाहिरिँदै खाण।

काठमाडौँ- नेपाली कांग्रेसका नेता बालकृष्ण खाण थुनामुक्त भएका छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा खाण पुर्पक्षका लागि थुनामा थिए। बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्न आदेश दिए पनि ढिला भएकोले आज शुक्रबारमात्रै उनको परिवारका सदस्यले अन्य रिहा प्रक्रियामा सहयोग मिल्ने कागजात जुटाएका थिए।

खाण आज दिउँसो सुरुमा केन्द्रीय कारागार सुन्धाराबाट जिल्ला अदालत काठमाडौँ गए। त्यहाँ उनले ३० लाख धरौटी बुझाए। त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगियो। त्यहाँ पनि उनले १५ लाख धरौटी बुझाए। विभागबाट खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगियो। त्यहाँ उनलाई साधारण तारेखमा छोड्ने आदेश भएसँगै ७ महिनापछि थुनामुक्त भए।

पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई आज नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो। बयानपछि उनलाई १५ लाख धरौटी माग गरिएको थियो।

खाणलाई वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरिएको थियो।

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

प्रकाशित: २९ मंसिर २०८० १७:५८ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast