पुस ५ देखि काठमाडौँमा चौथो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

हिमाल प्रेस २८ मंसिर २०८० २०:३७ | Thursday, December 14, 2023
पुस ५ देखि काठमाडौँमा चौथो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौँ- पुस ५ देखि ७ गतेसम्म काठमाडौँमा चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा। लि। ले विगतका वर्षहरुझैं यस वर्ष पनि प्रदर्शनी गर्न लागेका हुन्। भृकुटीमण्डपमा आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।

‘नेपाल फाइभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रदर्शनीमा देश भरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ।’

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८० २०:३७ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast