हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी कोइरीले पाए सफाइ

हिमाल प्रेस २८ मंसिर २०८० १९:२२ | Thursday, December 14, 2023
हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी कोइरीले पाए सफाइ

काठमाडौँ- सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई सफाइ दिएको अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिए।

सो मुद्दामा लोसपा प्रदेश सांसद अभिराम शर्मा भने जन्मकैदको सजाय सुनाइएको छ। यस्तै अन्य अभियुक्तहरू प्रदीप साह माझी, रामाशंकर मिश्र, मोहन ठाकुर, सञ्जयकुमार साह, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई पनि जन्मकैदको सजायको सजाय सुनाइएको सूचना अधिकारी झाले बताए। साथै उनीहरूलाई एम्बुलेन्समा आगो लगाएको मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको छ। सोही मुद्दामा अन्य १९ अभियुक्त हालसम्म फरार छन्।

सशस्त्र प्रहरी विकलाई २०७२ भदौ २५ गते मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। घाइते विकलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी एम्बुलेन्समा जनकपुर अस्पताल ल्याउँदै गर्दा आन्दोलनकारीले बाटोमै एम्बुलेन्सबाट तानेर हत्या गरेको अभियोग लगाइएको छ।

प्रकाशित: २८ मंसिर २०८० १९:२२ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast