फोनपेको अध्यक्षमा सशीन जोशी नियुक्त

हिमाल प्रेस २८ मंसिर २०८० १३:०३ | Thursday, December 14, 2023
फोनपेको अध्यक्षमा सशीन जोशी नियुक्त

काठमाडौँ– फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिएर पदावली गरेका हुन्।

यसअघि जोशी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आवद्ध थिए। सशीन जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दख्खल राख्ने बैंकरको रूपमा परिचित छन्।

फोनपे भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर) कम्पनी हो। यससँग नेपालका प्रमुख बैंकहरू मोबाइल बैंकिङका लागि आवद्ध छन्। फोनपेले आईपीओ जारी गर्ने तयारी गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० १३:०३ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast