काठमाडौँ- सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको जनाएको हो। बुधबारको तुलनामा बिहीबार सुन २ हजार ८ सय रुपैयाँले बढेको हो।
त्यसैगरी बिहीबार तेनाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको पनि महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।
                            प्रकाशित: २८ मंसिर  २०८० ११:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

