शुक्रबारदेखि सात दिन काठमाडौँको फोहर नउठ्ने

हिमाल प्रेस ७ पुष २०७९ १५:२२ | Thursday, December 22, 2022
शुक्रबारदेखि सात दिन काठमाडौँको फोहर नउठ्ने फाइल तस्बिर।

काठमाडौँ– अबको १ साता काठमाडौँ उपत्यकामा फोहोर नउठ्ने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडकखण्ड मर्मतको काम भइरहेकाले अबको १ हप्ता फोहोर नउठ्ने भएको हो।

सडक मर्मत गरिरहेको सहरी विकास मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन आग्रह गरेपछि तत्कालका लागि महानगरपालिकाले फोहोर ढुवानीका गाड त्यता नपठाउने भएको हो। मर्मत भइरहेको सडकमा सवारी चलाइँदा मर्मतकार्यमा ससहज भएकाले मन्त्रालयले महानगरलाई उक्त आग्रह गरेको हो।

शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म पुग्ने गरेका थिए।

महानगरपालिकाले बिहीबार (आज) एक सूचना जारी गर्दै सो अवधिमा घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहर घरभित्रै छुट्टा-छुट्टै भाँडोमा राख्न अपिल गरेको छ। हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामनपामा ५ सय मेट्रिकटन फोहर उत्सर्जन हुन्छ।

निजी क्षेत्र र कामपाका गरी दैनिक २ सय गाडीले फोहर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्। हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा २ किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहर सिसडोलमा व्यवस्थापन गरिन्छ।

प्रकाशित: ७ पुष २०७९ १५:२२ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast