रास्वपाले गरायो हवाई उड्डयनसँग सम्बन्धित तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस २८ मंसिर २०८० ९:३८ | Thursday, December 14, 2023
रास्वपाले गरायो हवाई उड्डयनसँग सम्बन्धित तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको हवाई उड्डयनसँग सम्बन्धित तीनवटा विषयमा ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार बिहान प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा नेपाल उड्डयन प्राधिकरणको निर्णय, ईयूको ‘सेफ्टी लिस्ट’ नेपालको कमजोरी र नेपाल वायु सेवा निगमको नयाँ विमान खरिदका विषयमा ध्यानाकर्षण गराएको हो।

रास्वपाको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए।

प्रधानमन्त्रीले भने,‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्ड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’

 

प्रकाशित: २८ मंसिर २०८० ९:३८ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast