बाँकेमा सुनका गहनासहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस २७ मंसिर २०८० २१:०८ | Wednesday, December 13, 2023
बाँकेमा सुनका गहनासहित भारतीय नागरिक पक्राउ सांकेतिक तस्बिर।

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१०, चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको यूपी ४० एयू ४१९९ नम्बरको मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार सोनीको साथबाट ६ लाख ७८ हजार १८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ।

त्यस्तै अन्य सुपर स्पिलिन्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बेरुवा बाली ३१ जोर र रातोपोतेमा पाइप लगाइएको थान एकसमेत प्रहरीले बरामद गरेको छ। कहाँबाट कसरी ल्याएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए।

प्रकाशित: २७ मंसिर २०८० २१:०८ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast