‘नेपालमा अवसर छैन भन्ने भाष्यले नेपाली युवाले विदेशमा हण्डर खाइरहेका छन्’

हिमाल प्रेस २७ मंसिर २०८० १३:३५ | Wednesday, December 13, 2023
‘नेपालमा अवसर छैन भन्ने भाष्यले नेपाली युवाले विदेशमा हण्डर खाइरहेका छन्’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएको र त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हण्डर खाइरहेको बताएका छन्। बुधबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर भएको दाबी गरे।

नेपालमा अवसर छैन भन्नेहरूप्रति लक्षित गर्दै उनले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ।’

प्रधानमन्त्रीले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आएको भन्दै त्यो चिन्ताजनक भएको बताए। तिनलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: २७ मंसिर २०८० १३:३५ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast