देशका केही भू-भागमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

हिमाल प्रेस २७ मंसिर २०८० ६:२९ | Wednesday, December 13, 2023
देशका केही भू-भागमा वर्षा, हुस्सु र हिमपातको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएकाे छ।

तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। महाशाखाका अनुसार बुधबार दिउँसो मुलुकका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहनेछ।

कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २७ मंसिर २०८० ६:२९ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast