गुरुकुलमा मैनालीको कथा ‘नासो’ मञ्चन हुँदै

हिमाल प्रेस २६ मंसिर २०८० ११:३९ | Tuesday, December 12, 2023
गुरुकुलमा मैनालीको कथा ‘नासो’ मञ्चन हुँदै

काठमाडौँ– थापागाउँस्थित आरोहण गुरुकुल कुञ्ज नाटकघरमा नाटक ‘नासो’ मञ्चन हुने भएको छ। नाटक पुस ४ गतेदेखि मञ्चन हुने नाटकका सह-निर्देशक किरण चापागाईंले बताए।

नासो साहित्यकार गुरुप्रसाद मैनालीको कृति हो। यो कृति कथाकार मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित छ। जसमा रहेको एघार कथामध्ये ‘नासो’ उत्कृष्ट मानिन्छ।

नाटकको निर्देशन राम केएसीले गरेका छन् भने सह-निर्देशनमा किरण चापागाईँ छन्। किरणका अनुसार ठेट नेपाली संस्कार मान्ने एक परिवारमा बहुविवाहका कारण उत्पन्न समस्यालाई नाटकमा समेटिएको छ।

नाटकमा कलाकार नुबु शेर्पा, क्रिशा बरुवाल, सौगात कक्षपति, साइना स्याङतान, थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा सजना माझी, सेजल काफ्लेको अभिनय छ। नाटक पुस ७ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: २६ मंसिर २०८० ११:३९ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast