काठमाडौँ- कान्तिपुर थिएटरमा बिहीबारदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ। कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलोपटक नाटकमा अभिनय गरेका हुन्।
कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ। सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकार पनि ‘महाभारत’ का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन्।
भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन्।
नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन्।
प्रकाशित: १५ जेठ २०८३ ७:५५ | Friday, May 29, 2026
प्रतिक्रिया




