कोशी प्रदेश प्रवेश गर्दै एमाले

हिमाल प्रेस २६ मंसिर २०८० १०:१३ | Tuesday, December 12, 2023
कोशी प्रदेश प्रवेश गर्दै एमाले समृद्धिको लागि संकल्प यात्राका क्रममा दोलखाको चरिकोटमा आयोजित जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर ओलीको सचिवालय।

काठमाडौँ- नेकपा एमाले आज कोशी प्रदेश प्रवेश गर्दैछ। एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा’ आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको हो।

एमालेले उक्त यात्रा मध्यपहाडी पुष्पलाल लोकमार्गबाट सुरु गरेको थियाे। एमालेको उक्त यात्रालाई पहिचानवादीहरूले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका छन्।

एमालेले भने यात्रामा अवरोध नगर्न पहिचानवादीहरूलाई आग्रह गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अभियानलाई अवरोध गर्न केही समूहले कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

एमालेले मुलुक विकास र समृद्धिको अभियान सुरु गरेकाले यस्ता अभियानमा अवरोध नपुर्‍याउन उनको आग्रह छ। एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी, ओखलढुंगाको हर्कपुर, घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै कोशी प्रदेशका जनजातिले आन्दोल गर्दै आएका छन्।

 

प्रकाशित: २६ मंसिर २०८० १०:१३ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast