ध्रुवेको दाह्रा काटेर घाँटीमा जोडियो रेडियो कलर

हिमाल प्रेस २५ मंसिर २०८० १८:५८ | Monday, December 11, 2023
ध्रुवेको दाह्रा काटेर घाँटीमा जोडियो रेडियो कलर

काठमाडौँ- ध्रुवे हात्तीलाई सोमबार रेडियो कलर जडान गरिएको छ। वस्ती प्रवेश गर्न थालेपछि सो हात्तीलाई रेडियो कलर जडान गरेर निगरानी गर्न लागिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको संयुक्त पहलमा रेडियो कलर जडान गरिएको हो। निकुञ्जको सुकेभार पोष्टबाट ३०० मिटर पूर्वतर्फ डार्ट (बेहोस गराउने सुई) गरिएको थियो। त्यसपछि दाह्रा काटेर घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जानकारी दिएको छ।

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको थियो।

ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो। यसलाई रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्नेछ।

प्रकाशित: २५ मंसिर २०८० १८:५८ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast