जग्गाको हक महिलामा हुनुपर्छ : उपसभामुख

हिमाल प्रेस २४ मंसिर २०८० २१:२० | Sunday, December 10, 2023
जग्गाको हक महिलामा हुनुपर्छ : उपसभामुख फाइल तस्बिर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन्। सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज (आइतबार) शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरू बढी पीडित हुनुपरेको धारणा राखिन्।

‘जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ। यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ,’ उनले भनिन्, ‘हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ। जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रूपमा संलग्न हुन्छन्। जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ।’

नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरिन्।

प्रकाशित: २४ मंसिर २०८० २१:२० | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast