अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्छ : ओली

हिमाल प्रेस २४ मंसिर २०८० २०:३८ | Sunday, December 10, 2023
अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्छ : ओली

काभ्रेपलाञ्चोक- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आज (आइतबार) आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याए।

‘अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ,’ उनले भने। उनले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढंगले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिए।

अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताए।

प्रकाशित: २४ मंसिर २०८० २०:३८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast