अमरेशकुमारले आफ्नो स्वार्थ पूरा नभएपछि दुष्प्रचार गरे : प्रधानमन्त्री

हिमाल प्रेस २४ मंसिर २०८० १८:५६ | Sunday, December 10, 2023
अमरेशकुमारले आफ्नो स्वार्थ पूरा नभएपछि दुष्प्रचार गरे : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफ्नो स्वार्थ पूरा नभएपछि दुष्प्रचार गरिरहेको आरोप लगाएको छ। सचिवालयले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै सिंहले निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएको आरोप लगाएको हो।

‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णत: झुट कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुष्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौँ।’

सिंहको अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरु भएको पनि सचिवालयको भनाइ छ। ‘उनको (अमरेशकुमार सिंह) यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सिंहले आज (आइतबार) सामाजिक सञ्जालमा प्रधानमन्त्रीपुत्री तथा स्वकीय सचिव गंगा दाहालले विभिन्न मामिलामा रकम बुझेको र सोको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्। उनले सबै प्रमाण समय आएपछि जनता र मिडियामा लिएर जाने बताएका छन्। त्यसपछि प्रधानमन्त्रीको सचिवालयको धारणा आएको हो। सचिवालयले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई गम्भीरता पूर्व लिएर अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० १८:५६ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast