कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशित

हिमाल प्रेस २४ मंसिर २०८० ७:३८ | Sunday, December 10, 2023
कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशित कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशित भएको छ।

विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहेको थियो।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको जानकारी दिए।

१३२ पृष्ठको रहेको उक्त विशेषांकको मङ्सिर २४ गते आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

प्रकाशित: २४ मंसिर २०८० ७:३८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast