राजनीतिक संघर्षपछि प्राप्त गणतन्त्रको विकल्प छैन : झलनाथ खनाल

हिमाल प्रेस २४ मंसिर २०८० ७:२६ | Sunday, December 10, 2023
राजनीतिक संघर्षपछि प्राप्त गणतन्त्रको विकल्प छैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन्।

पार्टीको निर्वाचन आयोगद्वारा आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली भएको बताए।

समाजमा वर्ग संघर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको बताउँदै उनले भने, ‘हामी अहिले गणतन्त्रमा छौँ। लोकतन्त्र क्रमिकरूपमा विकास हुँदै जान्छ, लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन हो।’

विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवन शैलीलाई सहज बनाउन सकिने बताउँदै नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए। समाज रूपान्तरणका लागि आर्थिक र समाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो।

इतिहासकारहरूले इतिहास बिगारेका बताउँदै उनले भने, ‘दास युगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ। नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो।’

सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरंकुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए।

प्रकाशित: २४ मंसिर २०८० ७:२६ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast