भारत–नेपाल सांस्कृतिक महोत्सव

हिमाल प्रेस २३ मंसिर २०८० ७:१६ | Saturday, December 9, 2023
भारत–नेपाल सांस्कृतिक महोत्सव

लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।

शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरे।

त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए। शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने विचार व्यक्त गरे।

यसैबीच, शुक्रबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलनरत पक्षसँग कुरा गर्दै मन्त्री किरातीले देश कठिन अवस्थामा रहेका बेला आन्दोलन त्याग्न आग्रह गरे। उनले नेपाल वायु सेवा निगमसँग पर्याप्त हवाईजहाज नभएकाले लिजमा लिएर भए पनि चाँडोभन्दा चाँडो भैरहवाबाट उडान गर्ने सोचमा सरकार रहेको बताए।

मन्त्री किरातीले दैनिक चार वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले एउटा उडान अनिवार्यरुपमा भैरहवाबाट गर्नुपर्ने नियम सरकारले बनाउने बताए।

प्रकाशित: २३ मंसिर २०८० ७:१६ | Saturday, December 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast