 राष्ट्र बैंक
                             राष्ट्र बैंक
                                            काठमाडौँ– नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक मौद्रिक समीक्षा गर्दै राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको हो।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ मार्फत राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स बन्द गरेको थियो। हुन्डीलगायतका कारोबार बढेको भन्दै रेमिट्यान्स बन्द गरेको राष्ट्र बैंककोे नीति एक वर्ष पनि टिकेन। त्यसअघि राष्ट्र बैंकले २०७८ फागुनदेखि आन्तरिक रेमिट्यान्स कारोबारमा १ लाखको सीमालाई घटाएर २५ हजारमा सीमित बनाएको थियो।
                            प्रकाशित: २२ मंसिर  २०८० १२:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 