एमालेको मध्यपहाडी यात्रा : सुदूरपश्‍चिम र कर्णालीको भ्रमण सकियो

हिमाल प्रेस २० मंसिर २०८० ८:१० | Wednesday, December 6, 2023
एमालेको मध्यपहाडी यात्रा : सुदूरपश्‍चिम र कर्णालीको भ्रमण सकियो

काठमाडौँ- नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ स् समृद्धिका सुदूरपश्‍चिम र कर्णाली प्रदेश यात्रा सकेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर हिजो साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मका अनुसार हिजो यात्राका क्रममको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो। हिजोको यात्रामा सुर्खेत,सल्यान,जाजरकोट,पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरिक्रया गरिएको छ । राती करिब ९ बजेतिर टोली पूर्वी रुकुम पुगेको हो।

मध्यपहाडी राजार्गमा पर्ने २६ वटा जिल्ला लुम्बिनी प्रदेशमा पर्ने एक मात्र जिल्ला पूर्वी रुकुम हो। यो जिल्लामा करिब ४० किलोमिटर दुरी मध्यपहाडी राजमार्गमा पर्दछ। गौतमका अनुसार अहिले बिहान ९ बजे स्थानीय नेता कार्यकर्ताहरुसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशको बागलुङ स्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ।

प्रकाशित: २० मंसिर २०८० ८:१० | Wednesday, December 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast