काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन्।
गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बुधबार बिहान अस्पताल पुगेका हुन् ।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २० मंसिर २०८० ७:४३
प्रतिक्रिया