शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहने धेरै छन् : चन्द्र भण्डारी

हिमाल प्रेस १५ मंसिर २०८० १६:४४ | Friday, December 1, 2023
शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहने धेरै छन् : चन्द्र भण्डारी

काठमाडौँ- कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले एक पटक कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन्। डा. शेखर कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उनको भनाइ थियो। नेपाली कांग्रेस पश्चिमनवलपरासी‍को पहिलो सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन्।

अन्य कोही सभापति बन्छु भनेर उफ्रेर नहुने उनको भनाइ थियो। भण्डारीले सभापति बन्न जनता र कार्यकर्ताले पत्याउनु पर्ने र आशा गरेको हुनुपर्ने बताए।

कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला सभापतिको उम्मेदवार बनेका थिए। त्यतिबेला कोइराला शेरबहादुर देउवासँग ८७८ मतान्तरले पराजित भएका थिए। पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणमा कोइराला र देउवाबीच सभापतिका लागि निर्वाचन भएको थियो।

प्रकाशित: १५ मंसिर २०८० १६:४४ | Friday, December 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast