‘नेपाल जोगाएको पृथ्वीनाराण शाह, जंगबहादुर र बीपी कोइरालाले जोगाएका हुन्’

हिमाल प्रेस १४ मंसिर २०८० १५:२० | Thursday, November 30, 2023
‘नेपाल जोगाएको पृथ्वीनाराण शाह, जंगबहादुर र बीपी कोइरालाले जोगाएका हुन्’ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबरा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको बताए।

उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए। उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ? भन्ने हिसाबबाट हेर्नुपर्ने बताए।

उनले भने, ‘नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो। नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो। भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ। पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बीपी कोइराला होस् सम्पूर्ण मान्छेहरूले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन्।’

प्रकाशित: १४ मंसिर २०८० १५:२० | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast