झापामा मृत भेटियो हात्ती

हिमाल प्रेस १ मंसिर २०७९ १२:०५ | Thursday, November 17, 2022
झापामा मृत भेटियो हात्ती

झापा- झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गंगा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन।

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको छ। जलथल जंगलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन्।

प्रकाशित: १ मंसिर २०७९ १२:०५ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast