लैंगिक हिंसाविरुद्धको अभियानमा अमेरिकी दूतावासको ‘अनलाइन क्याम्पेन’

हिमाल प्रेस ११ मंसिर २०८० २०:५५ | Monday, November 27, 2023
लैंगिक हिंसाविरुद्धको अभियानमा अमेरिकी दूतावासको ‘अनलाइन क्याम्पेन’

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा ‘अनलाइन क्याम्पेन’ चलाएको छ। दूतावासले यूएन वुमनसँगको सहकार्यमा अभियान चलाएको हो।

जसअनुसार सामाजिक सञ्जाललगायतका अनलाइन प्लेटफर्महरूमा महिला हिंसाविरुद्ध सचेत गराउने खालका पोस्टहरू राखिनेछ।

सोमबार अमेरिकी राजदूत डिन थम्प्सन पनि अभियानमा सहभागी भए। उनले ‘हरेक किसिमका लैंगिक हिंसा अन्त्य हुनुपर्ने’ सन्देश लेखिएको प्लेकार्ड बोकेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

सो अभियानमा अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, यूकेका राजदूत रोब फेन र नेपालका लागि यूएन वुमनकी नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेको पनि सहभागी भए।

प्रकाशित: ११ मंसिर २०८० २०:५५ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast