एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्न ऐन संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

हिमाल प्रेस ११ मंसिर २०८० १९:११ | Monday, November 27, 2023
एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्न ऐन संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बेवसाइट सार्वजनिक गर्दै उनले एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्नेगरी पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताए।

उनले सुकुम्बासी स्वबासी, अव्यवस्थित बसोबासी र उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए। उनले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐन संशोधन गर्ने पनि बताए।

प्रधानमन्त्री प्रचण्डले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने बताए। उनले सरकारका तर्फबाट अहिलेसम्म राम्रा काम भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताए।

प्रकाशित: ११ मंसिर २०८० १९:११ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast