कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनयन गरेका छन्। देउवाले दिलिप ढुंगाना (धनुषा), डा. डेबिड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई समिति सदस्यमा मनोनयन गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति क्रियाशील छ।
प्रकाशित: ११ मंसिर २०८० १३:३२ | Monday, November 27, 2023
प्रतिक्रिया



