अनिशले सार्वजनिक गरे रुकुम घटनामा आधारित गीत

हिमाल प्रेस १० मंसिर २०८० १३:३३ | Sunday, November 26, 2023
2
SHARE
अनिशले सार्वजनिक गरे रुकुम घटनामा आधारित गीत

काठमाडौँ- २०७७ सालमा जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको घटना सबैको मष्तिष्कमा जिवितै छ। अन्तरजातीय प्रेम सम्बन्धका कारण उनको हत्या भएको भनेकोले दोषीलाई कारबाहीकाे माग गरिएकाे छ। तर पीडितले अझै न्याय पाउन सकेका छैनन्।

उही घटनामा आधारित ‘हुन्छ भन नभन नाईं भनि’ बोलको गीत सार्वजनिक भएको छ। म्युजिकल फिल्ममा अन्तरजातीय प्रेमसम्बन्धलाई नै प्रस्तुत गरिएको छ। भिडियोलाई नवराजकै हत्या गरिएको घटनाको परिकल्पना भनिएकाे छ।

गीतमा अनिश अधिकारी र शान्ति श्री परियारले स्वर दिएका छन्। गायक अधिकारीकै शब्द र संगीत रहेको गीतमा रुविन मगरले संगीत संयोजन गरेका छन्।

सविन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा सन्दीपबाबु लोहनी, अस्मिता लामिछाने, सरम्श थपलिया, कमल देवकोटा, अरविन्द्र गिरी र अमृत केसीको उत्कृष्ट अभिनय छ।

ज्याक क्राइसिसले छायांकन गरेको गीतको भिडियो आलोक वाग्लेले सम्पादन गरेका छन्। गीत साङ्ग्रिला इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: १० मंसिर २०८० १३:३३ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast