कोशीमा ल्याइयो बजेट प्रतिस्थापन विधेयक

हिमाल प्रेस १० मंसिर २०८० ७:२८ | Sunday, November 26, 2023
कोशीमा ल्याइयो बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

इटहरी- कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेशसभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्रीसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्।

गत भदौमा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शनिबार प्रदेशसभामा प्रतिस्थापन विधेयक पेस गरेको हो। तत्कालीन प्रदेश प्रमुख हिक्मत कार्कीको नेतृत्वमा गत भदौ २२ गते प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट जारी गरेको थियो।

प्रतिस्थापन विधेयकमा अध्यादेशले व्यवस्था गरेभन्दा ५० करोड रुपैयाँ थप गर्दै नयाँ योजनासमेत समावेश गरिएको मुख्यमन्त्री कार्कीले सदनलाई जनकारी गराए। मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरे। अघिल्लो सरकारले अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो।

प्रतिस्थापन विधेयकमा सरकारले चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६६ करोड ७३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा संघीय अनुदान बचत फिर्ताका लागि दुई अर्ब रुपैयाँ फिर्ता गर्न चालु खर्चमा रकम व्यवस्था गरेको छ।

प्रकाशित: १० मंसिर २०८० ७:२८ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast