न्यायाधीशका लागि सिफारिस भएका ६ जनाविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस ८ मंसिर २०८० १७:३७ | Friday, November 24, 2023
न्यायाधीशका लागि सिफारिस भएका ६ जनाविरुद्ध उजुरी आह्वान संसद्‌ भवन

काठमाडौँ- सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ६ जना विरुद्ध उजुरी आह्वान भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरू विरुद्ध उजुरी दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शुक्रबार सिंहदबारमा बसेको बैठकले उनीहरूको विषयमा सार्वजनिक सञ्चार माध्यमसहित संघीय संसद्‌ सचिवालयमा उजुरी माग गर्ने निर्णय गरेको हो।

न्याय परिषद्‌ले सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीशका लागि उच्च अदालतका ४ र कानुन व्यवसायीकनट २ गरी ६ जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको दरकन्दी रिक्त रहेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले चार उच्च अदालतका न्यायाधीश र राजनीतिक दलको भागकन्डामा दुई कानुन व्यवसायी गरी ६ जनाको नाम सिफारिस मंसिर ५ गतेको बैठकले गरेको थियो।

सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, शारंगा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका थिए।

सिफारिस लगत्तै उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइएको थियो। सुनुवाइ समितिले अब उनीहरूका विरुद्ध उजुरी संकलन गर्दै सुनुवाइ प्रक्रिया थालनी गर्नेछ। सुनुवाइ समितिले उजुरीमाथि छलफल गर्दै प्रस्तावित न्यायाधीशहरूलाई आफ्नो कार्ययोजना पेस गर्ने मौका दिनेछ। उनीहरूको प्रस्तुतपछि अनुमोदनको निर्णय हुनेछ।

बहुमतले मात्र अस्वीकार हुने भएकाले उनीहरूमध्ये कोही पनि अस्वीकृत हुने सम्भावना न्यून रहेको छ। दलीय भागबन्डासमेत मिलेका कारण उनीहरूले अबको दुई सातामा सर्वोच्चमा जिम्मेवारी सम्हाल्नेछन्। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति दिनेछन् भने प्रधानन्यायाधीशले सपथ खुवाउनेछन्।

प्रकाशित: ८ मंसिर २०८० १७:३७ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast