नेसपाले ल्यायो वेबसाइट

हिमाल प्रेस ८ मंसिर २०८० १५:१५ | Friday, November 24, 2023
नेसपाले ल्यायो वेबसाइट

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) आईटी विभागले पार्टीको वेबसाइट सञ्चालनमा ल्याएको छ। नेसपा केन्द्रीय समिति बैठकमा बुधबार अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले संयुक्त रूपमा वेबसाइटको उद्घाटन गरे।

बैठकमा आईटी विभाग प्रमुख मानुषी यमि भट्टराईले वेबसाइटबारे जानकारी गराएकी थिइन्। पार्टीका कामलाई चुस्तदुरुस्त र प्रविधिमैत्री बनाउन वेबसाइट सञ्चालनमा ल्याइएको उनले बताइन्। मानुषी भन्छिन्,‘आमजनतामा पार्टीका गतिविधि, सिद्धान्त, उद्देश्य पुर्‍याउन हामीले वेबसाइट निर्माण गरेका हौं। वेबसाइटमार्फत पार्टी सदस्य पनि बन्न सकिन्छ।’

वेबसाइटमा पार्टीका सिद्धान्त, विचार, मार्गदर्शन, समाचार उल्लेख छ। नेसपाले पछिल्लो समय बेवसाइट तथा सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि प्रचारप्रसार गर्दै आएको छ।

प्रकाशित: ८ मंसिर २०८० १५:१५ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast