संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने : प्रभावकारी भूमिका निर्वाह गर्छु

हिमाल प्रेस ६ पुष २०७९ ११:१८ | Wednesday, December 21, 2022
संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने : प्रभावकारी भूमिका निर्वाह गर्छु

काठमाडौँ- कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदातालाई धन्यवाद दिएका छन्।

निर्वाचित भइसकेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले मतदानमा सहभागी सबै सांसदलाई धन्यवाद दिएका हुन्। उनले आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

बुधबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको थियो। ८९ सांसदले मतदान गरेका थिए।

प्रधानमन्त्री देउवाले ६४ र प्रत्यासी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।

प्रकाशित: ६ पुष २०७९ ११:१८ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast