बालुवाटारमा दाहाल, देउवा र ओलीबीच छलफल

हिमाल प्रेस ५ मंसिर २०८० १९:५२ | Tuesday, November 21, 2023
बालुवाटारमा दाहाल, देउवा र ओलीबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। उनीहरूबीच शान्ति सम्झौताका बाँकी कामहरू छिटो टुंगोमा पुर्‍याउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो। प्रधानमन्त्रीको सचिवालयले उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरूमध्ये ३ दलका शीर्ष नेताहरूबीच आज सोही दिन पारेर छलफल भएको बताएको छ। शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंग्याउने प्रतिवद्धतासहित प्रचण्ड, देउवा र ओली भेटवार्तामा जुटेको सचिवालयले बताएको छ।

प्रकाशित: ५ मंसिर २०८० १९:५२ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast