काठमाडौँ- टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ।
टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन्। ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार हुने भनिएको थियो। सोमबार न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो।
प्रकाशित: ५ मंसिर २०८० ११:२७ | Tuesday, November 21, 2023
प्रतिक्रिया





