निटकोले ल्यायो नेपालकै ठूलो प्रयोगात्मक केन्द्र

हिमाल प्रेस ३ मंसिर २०८० १९:१० | Sunday, November 19, 2023
निटकोले ल्यायो नेपालकै ठूलो प्रयोगात्मक केन्द्र

काठमाडौँ- भारतको निटको टायल्स कम्पनीले काठमाडौंमा हालसम्मकै ठूलो प्रयोगात्मक केन्द्र सञ्चालनमा ल्याएको छ। आइतबार निटको टायल्स मार्बलले काठमाडौँको गौशालामा आफ्नो सबैभन्दा ठूलो प्रयोगत्मक केन्द्रको उद्घाटन गरेको हो। नयाँ केन्द्रले टायल्स क्षेत्रको प्रयोगत्मक मञ्च प्रदान गर्न कम्पनीको दाबी छ।

काठमाडौंमा केन्द्रले ग्राहकको प्रभियमटाइल, मार्बल र मोजक सम्बन्धि ग्राहकलाई प्रयोगात्मक अनुभव प्रदान गर्ने र्माकेटिङ उपाध्यक्ष सुव्रत बासुले बताए। उनका अनुसार निटीको टायल्स तथा मार्बलको नयाँ प्रयोगात्मक केन्द्रमा ग्राहकले डिजाइन र नविनताको संसारमा अद्भूत अनुभव गर्न सक्नेछन्।

प्रयोगात्मक केन्द्रको स्थापना सबै प्रकारका घर तथा व्यावसायिक स्थानका लागि डिजाइन, विचार तथा अन्य समानको उच्चस्तरीय इन्टेरियर डिजाइनका साथ अत्याधुनिक प्रविधिको प्रयोगमा सतही समस्या समाधान र अन्तरक्रिया गर्न उद्देश्यले गरिएको कम्पनीले जनाएको छ।

अलिनव उत्पादन प्रदर्शनमा निटको टायल्सले सुरूचिपूर्ण भुई तथा लित्ता टाइल, मार्बल र मोजक अलिनव डिस्पलहरू रहेका छन्। जहाँ ग्राहकलाई छुने र कसरी निटीकोका उत्पादनले आफ्नो ठाउँहरूमा रूपान्तर गर्न सक्छन् भनेर कल्पना गर्न मद्दत गर्ने नेपालका वरिष्ठ क्षेत्रीय प्रमुख उत्तम रिमामलले बताए।

रिमालले भने, ‘भर्चुअल रियालिटि डिजाइन स्टुडियो यसले ग्राहकहरूलाई आफुले खरिद गर्न चाहेको विभिन्न उत्पादन उनिहरूको घरमा वा व्यवसायीक स्थानमा कस्तो देखिन्छ भनेर छानिएका डिजाइनहरू भर्चुअल रूपमा हेर्न मिल्ने शाक्तिशाली उपरकर हो।’

त्यस्तै, डिजाइन परामर्श जसले केन्द्रको अर्को मुख्य आकर्षण विशेषज्ञ डन्टेरियर डिजाइनद्वारा ग्राहकलाई घर वा व्यावसायिक परियोजनाको लागि आवश्यक टाइल्स मार्बल र मोजकहरूको उत्तम लुक्स र डिजाइन सिर्जना गर्न परामर्श प्रदान गर्दछ।

प्रकाशित: ३ मंसिर २०८० १९:१० | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast