बर्दियामा बाघको आक्रमणबाट युवतीको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८० १७:२३ | Sunday, November 19, 2023
बर्दियामा बाघको आक्रमणबाट युवतीको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। घाँस काट्न गएकी राजापुर नगरपालिका-१० सुकुम्बासी टोल नजिकै नेपाल भारतको सीमानाको वनमा २५ वर्षकी ममता सुनारलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणबाट घाइते सुनारको
उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको हो। उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन्। उनीहरूको भने राजापुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ३ मंसिर २०८० १७:२३ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast