राष्ट्रसंघले भन्यो : ५०० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसिया पुगे

हिमाल प्रेस ३ मंसिर २०८० १६:३१ | Sunday, November 19, 2023
राष्ट्रसंघले भन्यो : ५०० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसिया पुगे

इन्डोनेसिया– ५०० भन्दा बढी रोहिंग्या शरणार्थीले भरिएका तीन डुंगा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसंघीय एजेन्सी (यूएनएचसीआर)ले जनाएको छ। सन् २०१७ मा म्यानमारद्वारा अल्पसंख्यक रोहिंग्या समूहमाथि सैन्य कारबाही सुरु गरेयता यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो। अधिकांश मुस्लिम रोहिंग्याले म्यानमारमा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ। उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्रायः कमजोर डुंगामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महँगो समुद्री यात्रा गर्छन्।

राष्ट्रसंघीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानका अनुसार एउटा डुंगा आचे प्रान्तको बिरेयुन जिल्लामा २५६ रोहिंग्या लिएर आइपुगेको थियो। अर्को डुंगा कम्तीमा २३९ जना बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो। ३६ जना बोकेको अर्को सानो डुंगा पूर्वी आचेमा आइपुगेको थियो।

स्थानीय अधिकारीका अनुसार पछिल्लो आगमनसँगै एकै सातामा ८०० भन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन्। मंगलबार १९६ र बुधबार १४७ शरणार्थी आएका थिए। यूएनएचसीआरका अनुसार दुई हजारभन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका थिए। गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब २०० रोहिंग्या मारिएको वा हराएको यूएनएचसीआरले जनाएको छ। रासस/एएफपी

प्रकाशित: ३ मंसिर २०८० १६:३१ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast