जनकपुरधाम- चार दिन मनाइने छठ पर्वअन्तर्गत आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। यसका लागि तराई, काठमाडौँ उपत्यकालगायत ठाउँमा विभिन्न घाटहरू यसअघि देखि नै सजाइएका छन्। आज बिहानैदेखि सूर्यलाई अर्पण गरिने अर्घ्य राखिएको छ।
जनकपुरधामका विभिन्न घाटहरूमा सूर्यदेवलाई अर्पण गरिने अर्घ्य राखिसकिएको छ भने केही घाटमा राख्ने काम चलिरहेको छ।
अहिले जनकपुरधामको गंगा सागर, धनुष क्षेत्र, अंगराज सर, गोरधोई पोखरी, बिहारकुण्ड, अग्निकुण्ड, दशरथ तलाउ, महाराज सागर, भुतही पोखरी, दूधमती सहितका घाटहरू दुलहीझैँ सिंगारिएका छन्।




















प्रकाशित: ३ मंसिर २०८० ८:१३ | Sunday, November 19, 2023
प्रतिक्रिया





