महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

हिमाल प्रेस ३ मंसिर २०८० ७:४७ | Sunday, November 19, 2023
महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै फाइल तस्बिर

काठमाडौँ- चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ।

हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो।

जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो। महिला टी-२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्। तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल्ने छन्।

प्रकाशित: ३ मंसिर २०८० ७:४७ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast