एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल

हिमाल प्रेस १४ जेठ २०८३ १६:४० | Thursday, May 28, 2026
4
SHARES
एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।

इन्डोनेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालले ११४ रनको लक्ष्य पछ्याउँदै तीन बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

इन्डोनेसियाले दुई रनको स्कोरमा दुवै ओपनर गुमाए पनि एनआई पुटु आयु नान्दा सकारिनीले ५६ रन बनाइन्। उनले एनआई लुह केतुत वेसिका रत्ना देवीसँग तेस्रो विकेटका लागि ६५ रन जोडिन्।

नेपालकी मनीषा उपाध्यायले चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन्। रिया शर्माले एक विकेट लिइन्।

नेपालले सुरुवातमा सम्झना कुमारी र पूजा महतोको विकेट गुमाएको थियो। सोनी पाख्रिनले २९ रन बनाइन्। कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाउँदै नेपाललाई जित दिलाइन्।

कविता कुँवरले १४ रन बनाइन्। सीता राना मगरले १३ रन बनाउँदै अविजित रहिन्।

इन्डोनेसियाका लागि एनआई माडे पुत्री सुवान्देवी र एनआई कादेक अरिआनीले दुई-दुई विकेट लिइन्।

अब नेपालले शनिबार सेमिफाइनलमा आयोजक मलेसियासँग खेल्नेछ। अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीन खेल्नेछन्।

प्रतियोगिताका दुई फाइनलिस्ट र तेस्रो स्थानको प्लेअफको विजेता टोलीले २०२६ एसियाली खेलकुदका लागि छनोट हुनेछन्।

प्रकाशित: १४ जेठ २०८३ १६:४० | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast