काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोलुखुम्बु गएका छन्।
कालापत्थरमा दीप प्रज्वलन हस्तान्तरण तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको निम्ति उनी यहाँ गएका हुन्। अहिले उनी जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिस्थित लुक्ला पुगेका हुन्।
यहाँ उनले स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुखसमेत रहेका नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष असिम राईलगायतले स्वागत गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कनेछन्।
प्रकाशित: २ मंसिर २०८० ९:३३ | Saturday, November 18, 2023
प्रतिक्रिया




