चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले २३ औँ वर्षगाँठ मनायो

हिमाल प्रेस ५ पुष २०७९ २०:३७ | Tuesday, December 20, 2022
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले २३ औँ वर्षगाँठ मनायो

मकाउ- चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) ले मङ्गलबार मातृभूमिमा फर्केको २३औं वार्षिकोत्सव मनाएकाे छ। झण्डा फहराउँदै विशेष स्वागत समारोहको आयोजना गरी चीनमा मिलेको अनुभुती गरेको हो। मकाउ एसएआरका प्रमुख कार्यकारी हो आईट सेङले स्वागत समारोहमा मकाउ एसएआर सरकारले कोभिड-१९ सङ्क्रमण नियन्त्रणका निम्ति सक्दो सम्पूर्ण उपाय अबलम्बन गरेको बताए।

सो अवसरमा विगत तीन वर्षमा विकासको प्रवर्द्धन गर्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्दै छिमेकी देशको हेङ्किनमा गुआङ्दोङ(क्‍वाङचा‌ओ)-हङकङ-मकाउ ग्रेटर बे एरिया र ग्वाङ्डोङ-मकाउको गहन सहयोग क्षेत्रको निर्माणमा सक्रिय सहभागिता जनाएको पनि उल्लेख गरेकाे छ। केन्द्रीय अधिकारीहरूको सहयोगमा सबै क्षेत्रहरूले गरेका प्रयासहरूबाट मकाउले पक्कै पनि कठिनाइहरूलाई पार गर्ने र नयाँ सम्भावनाहरू सृजना गर्ने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष हो हाउ वाह, मकाउ एसएआरमा केन्द्रीय जन सरकारको सम्पर्क कार्यालयका निर्देशक झेङ सिनकङ र कमिश्नर लिउ सियानफालगायत करिब ३५० पाहुनाले उक्त समारोहमा भाग लिएका थिए। स्वागत कार्यक्रम अघि गोल्डेन लोटस स्क्वायरमा आयोजित झण्डा फहराउने कार्यक्रममा करिब २५० सरकारी अधिकारी र अन्य अतिथिहरू समेत सहभागी भएका थिए ।

प्रकाशित: ५ पुष २०७९ २०:३७ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast