जिप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान खुल्यो

हिमाल प्रेस २६ कार्तिक २०८० १४:२० | Sunday, November 12, 2023
जिप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान खुल्यो नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ स्थित आइतबार दुर्घटनामा परेको जिप। तस्बिर : रासस

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ मा जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चार जनाको परिचय खुलेको राससले जनाएको छ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ गुडिरहेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जिप चालक बौदीकाली-६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका-४ चुलिबोझाका १२ वर्षीया करिस्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन। जिपमा सातजना यात्रारत थिए। दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका-२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।

प्रकाशित: २६ कार्तिक २०८० १४:२० | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast