भूकम्पले ध्वस्त जाजरकोटको पुनर्निर्माण तिहारपछि

हिमाल प्रेस २५ कार्तिक २०८० २०:०५ | Saturday, November 11, 2023
भूकम्पले ध्वस्त जाजरकोटको पुनर्निर्माण तिहारपछि फाइल तस्बिर।

भेरीगंगा (सुर्खेत)- कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।

जाजरकोटमा भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण तिहारपछि सुरु गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अनुरोध गरेको छ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थाका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।

कार्यविधि बनाएर पुनर्निमाणको काम थालिने उनको भनाइ थियो। भूकम्पमा ज्यान गुमाएका परिवारका सदस्यलाई २ लाख रुपैयाँ र घाइतेहरूको उपचारका लागि तत्काल उपलब्ध गराउने निर्णय पनि यहाँको मन्त्रिपरिषद्ले गरेको छ। रासस

प्रकाशित: २५ कार्तिक २०८० २०:०५ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast